३१ बोरा चिनी, दुई मोटरसाइकल र मिठाई बरामद

४ बर्ष अगाडि

काठमाडौं - भारतबाट भन्सार छली नेपाल ल्याएको ३१ बोरा चिनी महोत्तरी प्रहरीले गएराति बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको पश्चिमी दक्षिण सीमानाकामा अवस्थित सम्सी गाउँपालिका–७ बाट चिनी बरामद गरिएको हो । 

प्रहरीले चिनीसँगै भोजपत्ता एक बोरा र मिठाईमा प्रयोग गरिने रङ एकबोरासमेत नियन्त्रणमा लिएको छ । साथै ओसारपसारमा प्रयोग गरिएको बीआर ०६ एबी १७६९ र बीआर ३० यु २२४६ नम्बरको दुई मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।    

बरामद चिनीसहितका सबै सरसामान प्रहरीले भन्सार कार्यालयलाई बुझाउने तयारी गरिरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया