काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
गत शुक्रबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया