काठमाडौं, चालु आर्थिक वर्षको चार महिनामा नेपालको सबैभन्दा बढी आयात डिजेल भएको छ । यस अवधिमा ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँको बराबरको ४ लाख ६४ हजार किलोलिटर डिजेल आयात गरेको छ ।
त्यस्तै कच्चा भट्मासको तेल २७ अर्ब २२ करोड ७१ लाख रुपैयाँ बराबरको १७ करोड ३८ लाख ८ हजार लिटर आयात गरेको छ । यद्यपी, भटमासको कच्चा तेल आयात भएकै परिमाणमा प्रशोधित तेल निर्यात समेत हुने गरेको छ ।
यस अवधिमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको मोबाइलफोन, १९ अर्ब १७ करोड ५७ लाख रुपैयाँको कच्चा पाम आयल, १८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको पेट्रोल, १७ अर्ब ६६ करोड ४० लाख रुपैयाँको आइरन, स्टिल, १७ अर्ब ४३ करोड १७ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास, १४ अर्ब ९५ करोड ५० लाख बराबरको सुन र १२ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।
प्रतिक्रिया