हिजो १६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि घट्यो, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला १६०० रुपैयाँले घटेको थियो । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया