मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुनको मुल्य आज तोलामा १ हजार ६०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९२ हजार ३०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ८०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैंयाले घटेर प्रतितोलाको मूल्य १ हजार २५५ रुपैंया रहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैंया रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया