हिजो ७०० ले घटेको सुनको मूल्य आज २०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ७०० रुपैयाँले घटेको थियो । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो आइतबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया