काठमाडौं - नेपाल हस्तकला महासंघद्धारा काठमाडौंको हायात होटलमा आयोजित तीनदिने हस्तकला सम्बन्धि १८औं व्यापार मेलामा करिब आठ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
उक्त मेला हिजो समापन भएको हो । मेलामा एक लाखभन्दा बढी मानिसहरुले अवलोकन गरेका थिए । पहिलो दिन २३ हजार जनाले मेला अवलोकन गरेको थिए भने, दोस्रो दिन ५५ हजारले मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।
मेलाको १६ औं कला प्रतियोगितामा नेचुरल फाइवरतर्फ दाङकी सुनिता कुमारी चौधरी प्रथम भएकी छिन भने पुन महर्जन द्वितिय र आशा माया महर्जन तृतीय हुन सफल भएकी छिन् । त्यस्तै परम्परागत विधामा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितिय र राम बज्राचार्य तृतीय भएका छन् ।
विजेताहरुलाइ क्रमशः ५०, ३०, र २० हजार नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृतहरुको हस्तकला महासंघले नै खरिद गर्ने प्रतियोगिताका संयोजक राजमान बज्राचार्यले बताए ।
उक्त मेलाको समापन वाग्मती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गरेका थिए । मेलामा विभिन्न हस्तकला विधाका १ सय २० भन्दा बढी स्टल रहेका थिए ।
प्रतिक्रिया