काठमाडौं, एभरेष्ट ग्यास संसारले चर्चित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको घोषणा गरेको छ। हयात प्लेस होटल काठमाण्डौंमा आयोजित एक समारोहबीच मिडिया र सार्वजनिक व्यक्तित्वहरूको उपस्थितिमा सो घोषणा गरिएको थियो।
एभरेष्ट ग्यास संसार नेपालको पुरानो र ठूलो ग्यास उद्योग समुह हो जसको एभरेष्ट (काठमाण्डौ), त्रिशूल (भैरहवा) ,कामाख्य (सुनसरी), प्रिमा(सुनसरी), साहारा (हेटौडा), सैपाल (कैलाली) र सुगम (धादिङ्ग) ग्यासगरी जम्मा ७ वटा ग्यास ब्राण्डहरू एउटै छाता मुनि छन्। यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा साथ पाएको छ, साथै बिश्वास जित्न समेत सफल भएको कम्पनीले जनाएको छ । करिब ३००० डिलरहरुको सञ्जाल माफर्त एभरेष्ट ग्यास संसारले नेपालको कुना–कुनामा सेवा प्रदान गर्दै आएको छ । ३०वर्ष भन्दा बढीको अनुभवको साथ समर्थित, यसको परिष्कृत र अत्याधुनिक उपकरणहरुले प्रत्येक उत्पादन र गुणस्तर मापदण्डहरूको पालना गर्दछ । त्यसैले एभरेष्ट ग्यास संसारले अत्यधिक सुरक्षा र विश्वसनीयताको आश्वासन दिने जनाइएको छ।
प्रतिक्रिया