काठमाडौं - १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कलाप्रतियोगिता शुक्रबारबाट हायात होटल बौद्धमा शुरु भएको छ ।
नेपाल हस्तकला महासंघको आयोजनामा शुरु भएको उक्त मेला मंसिर ५ गतेसम्म चल्ने छ । मेलाको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।
मेलामा विभिन्न हस्तकला विधाका १ सय २० भन्दा बढी स्टल रहेको छ । मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणालाई प्रवद्र्धन गरिएको छ । मेलामा ७० वर्ष नाघेका र हस्तकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको छ ।
प्रतिक्रिया