अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट, के अब पेट्रोल र डिजेलको मूल्य पनि घट्ला त ?

४ बर्ष अगाडि

काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ।

अहिले कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८० डलर तल झरेको छ। यसअघि गत अक्टोबरको सुरुवातमा कच्चा तेलको भाउ प्रतिब्यारल ८० डलर तल थियो। त्यसपछि मूल्यमा तीव्र बढोत्तरी भएको थियो। जसका कारण अक्टोबरको अन्त्यतिर प्रतिब्याजर ८६ डलरसम्म पुगेको थियो।

कच्चा तेलको भाउ घट्नुले पेट्रोल र डिजेलको मूल्य पनि घट्न सक्छ। 

ओपेक प्लस देशहरुले हालै डिसेम्बरमा कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका छन्। गत अगस्टबाट ओपेक प्लस देशहरुले हर महिना दैनिक ४ लाख ब्यारलले कच्चा तेल उत्पादन गर्दै आएका छन्।

डिसेम्बरबाट २० लाख ब्यारल कच्चा तेल उत्पादन गर्ने ओपेक प्लस देशहरुको तयारी छ। यसले आउने दिनमा कच्चा तेलको मूल्य प्रतिब्यारल ७५ डलरसम्म झर्ने सम्भावना छ। –एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया