कृष्टल बोटलर्स र माउन्ट एभरेष्ट डिष्टिलरीविरुद्द ५ करोड ५६ लाख ४३ हजार बिगो माग गर्दै मुद्दा दायर

४ बर्ष अगाडि

काठमाडौ - नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गर्ने कृष्टल बोटलर्स प्रा.लि. र माउन्ट एभरेष्ट डिष्टिलरी प्रा.लि. विरुद्द ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा दुई डिष्टिलरी विरुद्ध उच्च अदालत तुल्सीपुर बुटवलमा सोमबार मुद्दा दायर गरेको हो ।

विभागले रुपन्देही जिल्ला, सिद्दार्थनगर नगरपािलका वडा नं. १३ स्थित कृष्टल बोटलर्स प्रालिका सन्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ, तथा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ३ दरखसवा स्थायी ठेगाना भएका मोहमद साहिद अन्सारी समेत १२ जनालाई विगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी लिईउच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको हो ।

उनीहरुले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरा उत्पादन गर्ने कृष्टल बोटलर्स प्रा. लि. तथा माउन्ट एभरेष्ट डिष्टिलरी प्रा।लि।लाई जारी भएको सक्कली अन्तशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तशुल्क टिकटहरु बरामद भएको तथा भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा वढी परिमारणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया