मंगलबार सुनको मूल्य तोलामा ५ सयले बढ्यो, कतिमा हुदैैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

आज मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैंयाले बढेर प्रतितोलाको मूल्य ९४ हजार ८०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैंया रहेको थियो । 

यस्तै, तेजावी सुनको मूल्य आज ९४ हजार ३०० रुपैंया कायम भएको छ । 

यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैंयाले बढेर प्रतितोलको मूल्य १ हजार २९० रुपैंया कायम भएको छ । हिजो चाँदीको मूल्य १ हजार २८० रुपैंया रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया