गत वर्षको तुलनामा २६ हजारले बढ्यो अलैँचीको भाउ, प्रतिमन कतिमा हुँदैछ किनबेच ?

४ बर्ष अगाडि

काठमाडौं - तीन वर्ष पछि अलैँचीले राम्रो भाउ पाएको छ । यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले राम्रो भाउ पाएको व्यापारीहरु बताउँछन् ।

अलैँची किनबेच हुने यो मुख्य सिजनमा गएको साल प्रतिमन २२ हजार रुपैयाँमा किनबेच भएको थियो । यस वर्ष भने प्रतिमन ५१ हजार रुपैयाँमा किनबेच भइरहेको व्यापारीहरुले बताएका छन् । निरन्तर तीन वर्षसम्म ओरालो लागेको अलैँचीको भाउ यस वर्ष गएका वर्षहरुको तुलनामा २६ हजार रुपैयाँले बढी हो ।  

आर्थिक वर्ष २०७५/७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख १२ हजार छ सय ९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया