फेरी बढ्यो सुनको मूल्य, प्रतितोला ९५ हजार नजिक

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । 

गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया