काठमाडौं - यो साता नेपाली बजारमा सुनको मूल्य १९०० ले बढेको छ ।
गत सोमबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।
सुनचाँदी व्यवसाय महासङ्घका अनुसार गत सोमबारको तुलनामा हिजो शुक्रबार सुनको मूल्य १९०० रुपैयाँले बढेको हो । अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै अहिले चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया