सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह

४ बर्ष अगाडि

काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । 

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्त्काल आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो ।

राष्ट्र बैंकको बिदेशी बिनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो व्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका बिषय समेटिएको प्रतिबेदन बुझाउँदै महासंघले हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया