तिहार र छठमा एक देखि ८ लाखको केरा बिक्री

४ बर्ष अगाडि

तिहार र छठ पर्वमा जिल्लामा लाखौँ मूल्यको केरा बिक्री भएको छ । जिल्लाको केराको पकेट क्षेत्रका रुपमा चिनिएको त्रियुगा नगरपालिकामा बढीजसो केरा बिक्री भएको छ । 

त्रियुगा–१ जोगिदह र चौदण्डीगढी नगरपालिका–९ हँडिया र वडा ५ सुन्दरपुर क्षेत्रमा यसपटक तिहार र छठमा लाखौँ मूल्य बराबर केरा बिक्री भएको छ । त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह र चौदण्डीगढी नगरपालिकाको हँडिया र सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा अत्यधिक केराको कारोबार भएको केरा उत्पादक कृषकले बताएका छन् ।

जोगिदहका केरा व्यवसायी कृष्णदेव चौधरी तिहार र छठमा रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गरेको बताउँछन् । तिहार र छठमा जोगीदह क्षेत्रमा मात्र झण्डै रु आठ लाखभन्दा बढीको केरा बिक्री भएको पदम खड्का बताउँछन् । 

हँडियाको उत्तराई टोल र देवधार क्षेत्रबाट तिहार र छठमा दश लाख मूल्यको केरा बिक्री भएको कृषक विष्णुदेव चौधरी बताउँछन् । यता चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर क्षेत्रमा तिहार र छठ पर्वका समयमा झण्डै रु आठको केरा बिक्री भएको केरा उत्पादक कृषक वीरेन्द्र चौधरीले बताए । 

उक्त क्षेत्रमा दसैँका समयमा पनि झण्डै रु आठ लाख बराबरको केरा बिक्री भएको चौधरी बताउँछन् । तिहार र छठमा सो क्षेत्रबाट सप्तरीको फत्तेपुर, चौदण्डीगढीको बेल्टार बजार, सदरमुकाम गाईघाट, सुनसरीको चतरा बजारलगायत ठाउँमा केरा बिक्री भएको कृषक प्रेमराज घिमिरेले बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया