उपत्यकाका बासिन्दाले आजबाट चर्चित २५ बढी ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि किन्न पाउने, ७० प्रतिशत छुट

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकाका बासिन्दाले आजबाट मुलुकका चर्चित २५ भन्दा बढी ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि किन्न पाउने भएका छन् । फुटवेयर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा मेलामा उपभोक्ताले भारी छुटमा गुणस्तरीय जुत्ताचप्पल किन्न पाउने मेला आयोजक समितिले जनाएको छ । 

मेलामा रन, शिखर, सुल्याण्ड, हाइलाइफ, क्रसरोड, ल्याण्डवाक, स्मार्ट सुज, युनाइटेड लेदर, फस्र्ट वाक, बिएफ स्पोर्ट, सफ्टटच, गोल्ड स्टार, कोसेली, म्याजिक, बोस सुज, फुट स्टेप, केटिएम, फिट राइट, स्टाइललगायतका ब्राण्डका जुत्ताचप्पल उपलब्ध हुने छन् ।

मेलामा ३ हजारभन्दा बढी डिजाइनका १५० देखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्प्ल उपलब्ध हुने बताइएको छ । मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल किन्न पाइने आयोजकले जनाएको छ ।

मेलामा जाडोका जुत्ताचप्पल विशेष आकर्षण हुनेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया