माछापालनबाट वार्षिक ८ लाख बढी आम्दानी

४ बर्ष अगाडि

काठमाडौं - शुक्लाफाँटा नगरपालिका– ७ पिताम्बरका हिक्मत चौधरी माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । चौधरीले माछा र भुरा बेचेर वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् । 

माछाका भुरा र दाना खरिदका लागि रु दुई लाख ५० हजार खर्च लाग्ने गरेको छ । यसवर्षको हालसम्म उहाँले पाँच क्विन्टल माछा रु एक लाख ५० हजारमा बिक्री गरेका छन् । माछाका भुरा भने रु पाँच लाखको बिक्री भइसकेको छ । 

चौधरीले पोखरीमा हुर्काएका माछाका भुरा कञ्चनपुरदेखि कैलालीसम्म बिक्री हुने गरेको छ । खाने माछा स्थानीय बजारमै खपत हुने गरेको छ । माछा र माछाका भुरा पोखरीबाटै व्यापारीले आएर नगदमै खरिद लग्ने गरेका छन् । 

अन्नबालीबाट वर्षमा मुस्किलले रु ३० हजार मूल्य बराबरको मात्रै उत्पादन हुने गरेको चौधरीले बताए । व्यवसायिक रुपमा माछापालन सुरु गरेपछि आम्दानी बढ्दै गएको उनको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया