फुडमाण्डुले अब हाम्रो पात्रोसँग सहकार्य गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपालको पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले सञ्चालनको ११ वर्ष पुरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाण्डौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आवद्ध छन् । 

आवद्ध रेष्टुरेण्टहरुका परिकारहरु कम्पनीको वेवसाईट तथा मोबाईल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ । 

वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरुको व्यवस्था मिलाएको छ । ११ दिनसम्म हरेक दिन रु. १,१११ को आकर्षक कम्बो डिल तथा केहि आवद्ध रेष्टुरेण्टहरुसँगको सकहार्यमा विलकुलै नौलो परिकारहरु पनि आफ्ना ग्राहकसामु पस्कदै आएको छ ।  

आफ्नो बजार विस्तार गर्ने रणनिती अनुसार देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाईएको एप हाम्रो पात्रोसँग सहकार्य गरी उक्त एप मार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कुरा कम्पनीले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया