ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला ९४ हजार पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । 

हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहिबार सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया