६४ हजार मासिक तलब सहित दुबईमा ३०० जना नेपाली कामदारको माग, हवाई टिकट पनि फ्रि

४ बर्ष अगाडि

काठमाडौं, दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबई सहरमा रहेको AL JABER SECURITY COMPANY LLC कम्पनीले १०० जना र २०० जना पुरुष गरी ३०० जना सेक्युरिटी गाडको माग गरेको हो । 

कम्पनीका अनुसार कामदार २१ देखि ४० वर्षको,उचाई ५.६ भन्दा माथि, एसएलसी पासका साथै अंग्रेजी बोल्न,लेख्न र पढ्न सक्ने साथै सम्बन्धीत कामको अनुभव भएकाहरुलाई विशेष प्राथमिकता दिइनेछ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ६४ हजार माथि पाउने छन् । इच्छुक कामदारले Sab International Human Resources Pvt.Ltd,Basundhara काठमाडौंमा मंसिर १ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैंले बेहोर्नु पर्नेछ । 

यस्तै, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया