जुत्ता चप्पल व्यापार मेला हुँदै, ३० कम्पनीका ६० बढी स्टल रहने

४ बर्ष अगाडि

काठमाडाौं - फुटवेर मेनुफयाक्चरर्स एसोसिएसन अफ नेपालले कात्तिक २६ देखि मंसिर १३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार मेला आयोजना गर्ने भएको छ । 

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ । वर्षमा २ पटक काठमाडौंमा र हरेक प्रदेशमा एक पटक व्यापारीक मेला आयोजना गर्ने नीतिअनुसार यो वर्षको पहिलो मेला भृकुटीमण्डपमा गर्न लागिएको एसोसिएसनले जनाएको छ । 

मेलामा नेपालका ३० कम्पनीका ६० भन्दाबढी स्टलहरु रहने छन् । मेलामा उपभोक्ताले भारी छुटका साथै गुणस्तरीय उत्पपादनहरु प्राप्त गर्न सक्नेछन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया