हिजो १५ सयले बढेको सुनको मूल्यमा आज सामान्य गिरावट, चाँदी मूल्य भने स्थिर

४ बर्ष अगाडि

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

हिजो(सोमबार) प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैंयाले घटेर प्रतितोलाको मूल्य ९२ हजार ३०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावीको सुनको मूल्य आज ९१ हजार ८०० रुपैंया कायम भएको छ । 

यस्तै,चाँदीको मूल्य भने यथावत रही प्रतितोला १ हजार २५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया