तीन महिनामा साढे २९ करोड बढीको विद्युतीय सामाग्री आयात, माइक्रोवेभ ओभन मात्र ९ करोढ बढीको

४ बर्ष अगाडि

काठमाडौं,  चालू वर्षको तीन महिनामा १ करोड ९८ लाख रुपैयाँ बराबरको विद्युतीय आइरन भित्रिएको छ भने ९ करोड ५५ लाख रुपैयाँको माइक्रोवेभ ओभन र ९ करोड रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ । यस्तै, विद्युतीय कित्लीको आयातमा पनि यो वर्षको तीन महिनाभित्र ९ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ ।

यसैगरी चियारकफी बनाउने जग, विद्युतीय कीटनाशक यन्त्र, टोस्टर, हेयररह्याण्ड ड्रायर लगायत सामग्रीको आयातसमेत बढेको देखिएको छ । यद्यपी, यस अवधिमा विद्युतीय चुलोको आयात भने घटेको भन्सार विभागले जानकारी दिएको छ ।

अघिल्लो वर्ष ८ करोड ८६ लाख रुपैयाँको विद्युतीय आइरन भित्रिएकोमा गत वर्ष ९ करोड ७५ लाख रुपैयाँ बराबरको भित्रिएको छ । यस्तै, माइक्रोवेभ ओभन आयात करिब १४ करोड रुपैयाँले बढेको छ भने राइस कुकर आयात ४२ करोड रुपैयाँले बढेको देखिएको छ । यससँगै टोस्टर, चियारकफी बनाउने जग, कीटनाशक यन्त्र, हेयररह्याण्ड ड्रायर आयात पनि बढिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया