काठमाडौं - तिहार सकिएपछि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत विहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत बिहिबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
गत विहीबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया