प्रतिलिटर ३५ पर्ने पेट्रोलियम पदार्थको मूल्य ७६ पुगेपछि  बढ्योे साइकल प्रयोगकर्ता

४ बर्ष अगाडि

काठमाडौं - अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।

पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको प्रयोग बढेको हो ।

यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन् ।

पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्य वृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन् ।

सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदल यात्रीको सङ्ख्या धेरै देखिएको पनि जानकारी दिएका छन् ।  साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकासमेतले साइकल प्रयोगकर्ता बढेको अनुमान गरिएको छ ।

विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ । केही ढिला हुने बाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तीत भएका छन् ।

उनीहरुले पहिला पहिलाको तुलनामा अहिले ट्याक्सीका ग्राहक निकै कम पाइने गरेकाले कमाइ निकै कम हुने गरेको बताएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया