सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि, कतिमा हुदैँछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं,सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

हिजो अर्थात आइतबार प्रतितोला ९१ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य आज ९१ हजार ३०० रुपैंया कायम भएको छ ।

यसैगरी, चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया