तिहार नजिकिएसंगै भाइमसलाको मूल्य वृद्धि, काजुको मूल्य होलसेलमै किलोको १५ सय

४ बर्ष अगाडि

काठमाडौं, तिहार नजिकिएसंगै भाइमसलाको मूल्य वृद्धि भएको छ । काजु, किसमिस, बदाम, ओखरमा धेरै मूल्य वृद्धि भएको हो । 

वाणिज्य संघका वाणिज्य तथा आपूर्ति विभागका अनुसार बजारमा छोकडाको अभाव छ । काजुको मूल्य होलसेलमै एक किलोको १५ सय रुपैयाँ पुगेको छ । होलसेलमै किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, सुकमेल प्रतिकिलो २९ सय रुपैयाँ, ल्वाङ प्रतिकिलो १२ सय ८० रुपैयाँ, पेस्ता प्रतिकिलो १६ सय ६० रुपैयाँ, बदाम प्रतिकिलो १ हजार ७५ रुपैयाँ र ओखर प्रतिकिलो ५२५ रुपैयाँ र छोकडा १७५ रुपैयाँ पुगेको छ । 

खुद्रा व्यापारीले यो मूल्यमा १० प्रतिशत जोडेर बेच्ने भएकाले उपभोक्ता महँगीको मारमा पर्ने भएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया