तिहार नजिकिएसँगै दैनिक उपभोग्य बस्तुको भाउ आकाशिन थाल्यो, प्याजको भाउ किलोमै रु.२० भन्दा बढी

४ बर्ष अगाडि

काठमाडौं, तिहार नजिकिएसँगै दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिन थालेको छ । तिहारको समयमा एलपी ग्यासको मूल्य सरकारले बढाएर १५ सय रुपैयाँ पुर्याएको छ । गत शुक्रबार रातिदेखि लागु हुनेगरी एकै पटक प्रतिसिलिन्डर ५० रुपैयाँले बढाएर १५ सय रुपैयाँ पुर्याएको हो ।

ग्याससँगै तरकारीको मूल्य पनि अत्याधिक बढ्न पुगेको छ । काउली, प्याजलगायतका तरकारीको भाउ अत्याधिक बढेको छ । प्याज किलोमा २० रुपैयाँ भन्दा बढीले बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य २० रुपैयाले बढेको छ ।

कात्तिक १४ गते कालिमाटी बजारमा प्याज थोक मूल्य ६२ रुपियाँ तोकिएको छ । जबकि करिव डेढ महिना पहिले अर्थात असोज १ गते ४० रुपैयाँ प्रति किलोमा बिक्री भएको भएको थियो । 

दसैंअघि ९० रुपैयाँमा पाइने चिनीको मूल्य तिहार सुरु हुन लाग्दा ९५ रुपैयाँदेखि १ सय रुपैयाँसम्म पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया