काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
गत शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलानामा आज आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया