एक सातामा कतिले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा यो साता १०० रुपैयाँले सुनको मूल्य घटेको छ ।  

गत साताको आइतबार ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य ९२ हजार रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

गत आइतबारको तुलनामा हिजो शुक्रबार सुनको मूल्य १०० रुपैयाँले घटेको हो । अहिले पनि सुन प्रतितोला ९२ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तै चाँदी अहिले प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले  जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया