पुष्प खेतीले मुलुकलाई आत्मनिर्भर बनाउछ : अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा १४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताइएका हुन् ।

फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी संकल्प गरेर अगाडि बढ्न आग्रह गरे । उनले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई संकल्प गर्न आग्रह गरेका हुन् ।

फ्लोरिकल्चर एशोसिएसनले बर्सेनि प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रबार (आज) बाट सोमबारसम्म चल्ने बताइएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया