काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
हिजो विहिबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो विहिबारको तुलानामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । हिजो ४०० ले बढेको सुनको मूल्य आज सोहि मूल्यले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया