काठमाडौं - बृहत हस्तकला व्यापार मेला तथा कला प्रतियोगिता मंसिर ३ गतेदेखि ५ गतेसम्म बौद्धस्थित हायात होटलमा हुने भएको छ । नेपाल हस्तकला महासंघले विगत वर्ष झैं यो वर्ष पनि उक्त प्रतियोगिता गर्ने भएको हो ।
कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई चलायमान बनाउन उक्त मेलाको आयोजना गर्न लागिएको महासंघले जनाएको छ ।
मेलामा हस्तकला सम्बन्धी १ सय २० वटा स्टल राखिने छ भने मेला अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रतिनिधी र विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिने तथा उक्त मेलामा कला प्रतियोगिता अन्तर्गत प्राकृतिक रेसा र फिलगिरी गरी दुई वटा विधामा उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुरस्कृत गरिने बताइएको छ ।
मेलामा ७० वर्ष नाघेका १० जेष्ठ कलाकारहरुलाई सम्मान गरिने तथा विदेशी बजारमा हस्तकलाका उत्पादन उत्कृष्ट निर्यात गर्ने निर्यातकर्ताहरुलाई पनि सम्मान गरिने छ ।
प्रतिक्रिया