बढ्यो सुनको मूल्य, तोलाको कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

हिजो बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो बुधबारको तुलानामा आज विहिबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।  

हिजो १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा  कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया