लगातार उकालो लागेको सुनको मूल्य आज ६०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   

हिजो मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलानामा आज बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको ।  

हिजो १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया