तीन महिनामा २२ लाखभन्दा बढीको मोबाइल सेट आयात

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २२ लाखभन्दा बढी मोबाइल सेट आयात भएको छ ।

नेपालमा  भन्सार विभागको तथ्यांक अनुसार आव ७८र७९ को तीन महिनाको तथ्यांकमा नेपालमा २२ लाख नौ हजार १ सय ७६ वटा मोबाइल सेट भित्रिएका हुन् । योसँगै १७ अर्ब १७ करोड ७१ लाख १८० रुपैयाँ बाहिरिएको छ ।

गत आर्थिक वर्षको साउनदेखि असोज तीन महिनाको अवधिमा १५ लाख २ हजार १५ मोबाइलसेट आयात हुँदा ११ अर्ब भन्दाबढी रकम बाहिरिएको थियो ।

त्यस्तै तीन महिनामा एक करोड ९९ लाख ९९ हजार रूपैयाँ बराबरको चार्जर आयात भएको छ । तीन महिनाको अवधिमा दुई लाख ३१ हजार ७ सय २० चार्जर नेपाल भित्रिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया