३ महिनामा ब्यापार घाटा ५८ प्रतिशतले बढ्यो,साढे ४ खर्ब बढीको बस्तु आयात

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ब्यापार घाटा गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको छ। यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६३.७३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा २ खर्ब ९२ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो।

गत साउन महिनामा १ अर्ब ५० अर्ब रुपैयाँको बस्तु आयात भएकोमा दोस्रो महिना १ खर्ब ६३ अर्ब रुपैयाँ र तेस्रो महिना १ खर्ब ६४ अर्ब रुपैयाँको बस्तु आयात भएको छ।

पछिल्लो समय निर्यात पनि निकै बढेको देखिन्छ। असोज मसान्तसम्ममा ६५ अर्ब ५ करोड रुपैयाँको बस्तु निर्यात भएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १०९ प्रतिशतले धेरै हो। गत वर्षको असोजसम्ममा ३१ अर्ब ४ करोड रुपैयाँको बस्तु निर्यात भएको थियो।

गत वर्षको असोजसम्ममा २ खर्ब ६१ अर्ब रुपैयाँ ब्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ४ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा रहेको छ।

यस वर्ष नेपालको बैदेशिक ब्यापार पनि ६८ प्रतिशतभन्दा धेरैले बढेको छ। पछिल्लो ३ महिनामा ५ खर्ब ४३ अर्ब रुपैयाँको बैदेशिक ब्यापार भएको छ। गत वर्षको यसै अवधिमा ३ खर्ब २३ अर्ब रुपैयाँको बैदेशिक ब्यापार भएको थियो।

४ बर्ष अगाडि

प्रतिक्रिया