कार्तिक लागेपछि १ हजार ८०० ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा कार्तिक लागे यता सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ । 

असोज ३१ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ कार्तिक ८ गते आज सम्म आइपुग्दा तोलाको ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहेको छ । भने चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया