काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
हिजो आइतबारको प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
हिजो आइतबारको तुलानामा आज सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको ।
हिजो १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
प्रतिक्रिया