बेमौसमी वर्षा : ७ अर्ब २२ अर्ब बढिको धानबाली नष्ट

४ बर्ष अगाडि

काठमाडौं - बेमौसमी वर्षाका कारण बाढी पहिरो तथा डुबानका कारण ७ अर्ब २२ अर्ब रुपैयाँ बढिको धानबाली नष्ट भएको छ ।  कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार लुम्बिनी, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ मा सो मूल्य  बराबरको क्षति भएको हो ।

प्रवक्ता सञ्जेलका अनुसार लुम्बिनी प्रदेशमा मात्रै ४ अर्ब ५१ करोड भन्दा बढीको धानबाली नोक्सान भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा १ अर्ब ९१ करोड रुपैयाँको धानबाली नष्ट भएको छ भने प्रदेश नं १ मा पनि ८० करोड रुपैयाँको धानबालीमा क्षति पुगेको छ ।

विवरण अनुसार बेमौसमी वर्षाका कारण लुम्बिनी प्रदेशका वर्दिया कपिलवस्तु, बाँके, र रुपन्देही धेरै प्रभावित भएका छन् । यहाँ ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको १ लाख २१ हजार २२३ मेट्रिक टन धानमा क्षति पुगेको हो । सो प्रदेशमा ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा असर पुगेको थियो ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बेमौसमी वर्षका कारण सबैभन्दा बढी असर पुगेको छ । यस क्षेत्रमा ६८ हजार ४०० मेट्रिकटन धान बाली क्षति हँदा १ अर्ब ९१ करोड रुपैयाँको धानबाली नष्ट भएको छ । प्रदेशको ५५ हजार हेक्टर जमिनमा लगाइएको धानमा असर परेको पुगेकोमा १८ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेको हो ।

यस्तै प्रदेश नं १ मा झापा, सुनसरी र मोरङमा धेरै क्षति पुगेको छ । यो प्रदेशमा २८ हजार ४६९ मेट्रिकटन धान बाली क्षति हँदा ८० करोड रुपैयाँको धानबाली नष्ट भएको छ । प्रदेशको ४९ हजार ९४५ हेक्टर जमिनमा लगाइएको धानमा असर परेको पुगेकोमध्ये ७ हजार ४९२ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

असोज मसान्तदेखि त्यपिछि लगातार चार दिन लगातार परेको बेमौसमी वर्षाले तीन प्रदेशका १ लाख ९८ हजार ५२१ हेक्टर जमिनमा लगाइएको धानमा असर परेको पुगेकोमध्ये ६७ हजार ९१९ हजार हेक्टर जमिनमा लगाइएको धानमा क्षति पुगेको हो । बाढी पहिरो तथा डुबानले लुम्बिनी सुदूरपश्चिम, र प्रदेश १ मा कुल ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कुषि मत्रालयको तथ्याङ्क छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया