दशैंपछि लगातार बढिरहेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदैछ कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।   

विहिबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार पनि प्रतितोला सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  

शुक्रबार १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया