झापा - भारतले पेट्रोल आपूर्ति घटाएपछि नेपालका पूर्वी जिल्लाका बजारहरूमा पेट्रोलको अभाव देखिएको छ ।
इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले मागअनुसार पेट्रोल आपूर्ति नगरेपछि नेपालका पूर्वी नाकाबाट हुने पेट्रोलको आयात घटेको हो । आयात घटेसँगै यहाँका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।
अहिले झापा, इलाम, पाँचथर तथा ताप्लेजुङका लागि साँढे दैनिक ७ सय किलोलिटर पेट्रोलको माग रहेको तर भारतबाट शनिबार १ सय ५० किलोलिटर पेट्रोलमात्र नेपाल आएको नेपाल आयल निगम चारआली डिपोका प्रमुख भीम विश्वकर्माले जानकारी दिए ।
प्रतिक्रिया