अमेरिकामा नेपाली गोल्डस्टार जुत्ताको बिक्री शुरु

४ बर्ष अगाडि

अमेरिकामा नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु बिक्री शुरु भएको छ । अमरिकाको न्यूयोर्कमा सोमबार गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरिए अब अमेरिकीसँगै अब नेपाली बजारमा गोल्डस्टा।र जुत्ता पाइने भएको हो । 

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा कम्पनीका अध्यक्ष आमिर प्रताप राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे ।

नेपाली नागरिकले धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा लिने गरेको गोल्डस्टार अमेरिकी बजारमा समेत ल्याउन पाउँदा खुसी लागेको उनले बताए । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएको थियो ।

त्यसपछि पनि गोल्डस्टारले समयअनुकुल आकर्षक डिजाइनहरु बजारमा पठाउने गरेको छ । ‘हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौं, यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध लागिपर्नेछौं’ अध्यक्ष राणाले भने ।

कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपालका कार्यवाहक महावाणिज्य दूत बिष्णुप्रसाद गौतम गोल्डस्टारले अमेरिकामा व्यापार विस्तरा गर्नु सबै उद्यमीहरुका लागि खुसीको कुरा भएको बताए । नेपाली उत्पादनहरु विश्वव्यापी उचाईमा पुर्याउन गोल्डस्टारले महत्वपूर्ण भूमिकामा खेल्नेमा आफू विस्वस्त रहेको उनले बताए ।

किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक विदुषी राणाले मेहनतको फलस्वरुप गोल्डस्टारले सात समुद्र पार गरेको भन्दै यसमा आफूलाई निकै गर्व लागेको बताइन् ।

‘हामीले सामाजिक सञ्जालमा गोल्डस्टार जुत्ताप्रतिको आकर्षण देखेकै थियौं, र आज त्यो आकर्षणलाई नै लिएर हामी अमेरिका आइपुगेका छौं, उनले भनिन्, ‘दैनिक प्रयोग हुने जुत्तालाई कसरी हरेक नागरिकमा पु¥याउने भन्ने हाम्रो हरेक दिनको लक्ष्य हुन्छ, आज अमेरिकामा आइपुग्दा पनि हाम्रो लक्ष्य मानिसहरूको विश्वास र उपभोक्ताको चाहना पूरा गर्नु नै हो ।’

कार्यक्रममा ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले भने , ‘म पक्का छु कि यसले अमेरिकीहरूको मन जित्नेछ ।’ उपभोक्ताहरूका लागि आरामको एक जुत्ता किन्नु नै पहिलो चाहना भएको भन्दै उनले यो चाहना गोल्डस्टारले पुरा गरे नाइकी जस्तै ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने बताए ।

मेरील्याण्ड हाउस अफ डेलीगेट्सका माननीय सदस्य श्री ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना व्यक्त गर्न एक विशेष भिडियो सन्देश प्रस्तुत गरेका थिए ।

गोल्डस्टारको जुत्ता स्वर्गीय नुर प्रताप ज।ब। राणाले शुरु गरेका थिए । अधिकांश नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने सपना हो । यही परिकल्पनालाई साकार बनाउन किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको थियो । यी सुलभ मूल्यका जुत्ताहरू तुरुन्तै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेका हुन् ।

विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ । जसको उदाहरण गोल्डस्टारको जी–१० सिरिज, गोल्डस्टारको आधुनिक स्नीकर शैलीको जुत्ताबाट पेश गरियो र सबैका लागी नयाँ जुत्ताहरू हुन् । गोल्डस्टार जुत्ता भारतमा समेत प्रख्यात छ । अमेरिका अघि गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारमा समेत विस्तार भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया