दसैँ, तिहार तथा छठ पर्व लाग्दै गर्दा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवार्ड विशेष व्यवसायीहरूले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । यस्तोमा ब्राण्ड होस् या सपिङ सेन्टर वा अनलाइन सेवा–सबैले आ–आफ्ना तरिकाले व्यवसायिक स्कीमहरू दिइरहेका छन् । यस्ता छन् किनमेल बजारमा उपहार तथा छुट योजना स्
सामसुङ मोबाइलः आईएमएस एसमार्टबाट सामसुङका कुनै पनि स्मार्टफोन खरिद गर्दा कम्पनीले ५० प्रतिशत मूल्य बराबरसम्मको गिफ्ट भौचर जित्न सक्ने योजना ल्याएको छ । यस योजनाअन्तर्गत भाग्यशाली ९ ग्राहकलाई कम्पनीले छनोट गर्नेछ । साथै, कम्पनीले लक्ष्मी बैंकबाहेकका अन्य सबै बैंकबाट शून्य प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान किन्ने सक्ने जनाएको छ । यद्यपि, लक्ष्मी बैंकबाट भने ग्राहकहरू अधिकतम ३० प्रतिशत डाउनमेन्टमा सामान खरिद गर्न सक्नेछन् ।
रियलमी स्मार्ट फोन : सेलफोन ब्राण्ड रियलमीले दसैँ तिहारको अवसरमा ‘रियलमी फेस्टिभ डेज’अफर घोषणा गरेको छ । यस अफरमा रियलमीका ३ जना भाग्यशाली ग्राहकहरूले बम्पर पुरस्कारमार्फत कोन्का ६४ इन्चको फोर के टीभी, कोन्का ७ केजी फ्रन्ट वासिङ मेसिन, वा रियलमी ८ प्राप्त गर्न सक्नेछन् ।
प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरूले सी११, २०२१ र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकले कोन्का १८० वाट भ्याकुम क्लिनर वा कोन्का १।८ लिटरको डेलक्स राइस कुकर वा आइरन प्राप्त गर्न सक्नेछन् । योजना असोज १६ गतेदेखि सुरु भई कार्तिक ३० गते समाप्त हुने कम्पनीले जनाएको छ ।
शाओमी : शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरूको खरिदमा विशेष छुटको घोषणा गरेको छ । शाओमीका ग्राहकहरूले यस अफर अनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा छुटहरू प्राप्त गर्नेछन् । टेलिभिजनको एमआरपी दरहरू र उनीहरूमा पाइने विशेष छुटहरू यसका साथै शाओमी नेपालले ‘महा पर्वको उमङ्ग’ ‘दसैँ वीथ मी’ नामको अभियान पनि चलाइरहेको छ । यस अफर अन्तर्गत मी टीभीको खरिदमा १ जना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोनको खरीदमा २ जना भाग्यशाली ग्राहकहरूले दैनिक मी ब्लूटूथ स्पिकर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
भीभो : भीभोले दसैँको उपलक्ष्यमा भीभो लक्की ड्रअभियान आयोजना सञ्चालन गरेको छ । अक्टोबर १ तारिख देखि नोभेम्बर १५ सम्म भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकले यो अभियानमा सहभागिता जनाउन सक्ने र उपहार जित्न सक्नेछन् । दसैँमा भीभो किन्ने र लक्की ड्रमा सहभागी भाग्यशाली ग्राहकहरूले उपयोगी एवं आकर्षक उपभोग्य सामाग्री जस्तै एलजीका होम एप्लाएन्सेस, ल्यापटप, भीभो भी २१ ई स्मार्ट फोन, एङ्कर गेमिङ्ग हेडफोन, ब्लुटुथ स्पीकर, इयरवड्स र अन्य थुप्रै उपहार प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया