काठमाडौं - सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै सवा १ करोड रुपैयाँभन्दा बढीको खसीबोका बिक्री गरेको छ । शनिबार एकैदिन १ करोड २६ लाख रुपैयाँ बराबरको खसी बोका बिक्री गरेको भएको हो ।
कम्पनीले शनिबार मात्र उक्त रकम बराबरको ६२९ वटा खसीबोका बिक्री गरेको कम्पनीले जनाएको छ । त्यसैगरी आज अर्थात आइतबार बिहान १० बजेसम्म २४ लाख रुपैयाँ बराबरको १५० वटा खसीबोका बिक्री भएका छन् ।
दशैंका लागि २ हजार खसीबोका बिक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित थापाथलीस्थित आफ्नै कार्यालयबाट शनिबारदेखि सुपथ मूल्यमा खसीबोकाको बिक्री थालको छ । कम्पनीले पहिलो चरणमा शुक्रबारसम्म ७३० र शनिबार थप ३२९ ओटा खसीबोका भित्र्याएको छ ।
प्रतिक्रिया