दशैं लागेसँगै नेपाली बजारमा बढ्न थाल्यो सुनचाँदीको मूल्य, आज कति बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   

गत शुक्रबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । 

गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको हो । दशैं लागे सँगै सुनको मल्य पनि बढ्न थालेको छ । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । 

गत शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया