काठमाडौं - यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।
गएको आइतबार प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ रहेको छ । यस्तै चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया