बाँदर नियन्त्रण गर्न प्रधानमन्त्रीलाई चिठी

४ बर्ष अगाडि

काठमाडौं - पाल्पाका किसानले बाँदर लगायत जंगली जनावरले किसानलाई आजित बनाएको भन्दै नियन्त्रणको लागि प्रधानमन्त्रीलाई चिठी पठाएका छन् ।
 
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयमार्फत कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले जिल्लाका किसानहरुको प्रतिनिधित्व गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बाँदर नियन्त्रण गर्नुपर्ने, कृषक बिमाको व्यवस्था गर्नुपर्ने, उचित सिंचाई व्यवस्थापन गरिनुपर्ने, कृषि ज्याला निर्धारण हुनुपर्ने, प्राङ्गारिक मलको कारखाना स्थापना गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा खाद्यान्न गोदाम स्थापना गर्नुपर्ने लगायतका माग गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया